
अछाम जिल्लाको मेल्लेख गाउँपालिका महिला बालबालिका शाखाको पहलमा मेल्लेखका ६ जना अनाथ बालबालिकाहरुलाई अनाथलयमा पठाएका छन । मानव सेवा फाउन्डेसन मामाघर अनाथालय कलंकी काठमाडौ संगकाे समन्वयमा बालबालिकालाई पठाएको हाे ।

आमा, बुबा दुवै गुमाएका साहार बिहिन बालबालिकाकाे तथ्यांक संकलन गरि, पढाइ लेखाइ सम्पूर्ण जिम्मा फाउन्डेसनले लिनेगरि पठाएको महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले जानकारी दिनुभएको छ ।

जस मध्य मेल्लेख वडा नम्बर ६ कि कल्पना बाेहरा, वडा नम्बर ५ कि समिक्षा बिक, वडा नम्वर २ कि मनिषा कुमारी धामी, कल्पना धामि, वडा नम्बर १ का हिमांसु धामि र कल्पना धामी लाई पठाएको छ ।
गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा, महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले बालबालिकालाई सम्मानका साथ आज पठाएको हाे ।


