कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

Samajik New Add 2082

काठमाडौंदेखि दसैंका लागि घर आइरहेका बेला गौरीगंगा नगरपालिका वडा नम्बर १ को पूर्व—पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

उक्त ठाउँमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले बताए। दुवै जनाको शव अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Leave A Reply

Your email address will not be published.