नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न
चक्र बाेहराकाे अध्यक्षतामा नयाँ नगर कमिटी गठन

कमल रावल, माघ २६ अछाम:
नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । नगर समिति अध्यक्ष एकेन्द्र बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य यज्ञ बोगटी प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि बोगटीले शिक्षकहरुको हरेक मुद्दामा पार्टीको साथ सहयोग रहेको बताउनु भयो । हरेक समस्याको समाधान पनि आउनु भएकाले सबै गोलबद्ध भएर निकास निकाल्नु पर्नेमा जोड दिनु भयो । समस्या निकारण गर्न सकिए उपलब्धि हासिल हुने भएकोले संगठन बलियो बनाउन सबैले लाग्नु पर्ने बताउनु भयो ।
बिशिस्ट अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शैक्षिक क्षेत्रको परिवर्तनका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताउनु भयो । शिक्षक समाज परिवर्तनको संवाहक भएकाले समस्याहरु समाधानका लागि जहिले पनि अग्रपंक्तिमा हुनुपर्ने बताए । स्थानीय सरकारले केहि गरेन भनेर दोषमात्र शिक्षकले थुपार्नु भन्दा आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनु भयो ।

अर्का बिशिस्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामका अध्यक्ष सर्पराज रिमालले शिक्षहरुका हकहितका लागि पार्टी र स्थानिय सरकारले सोच्नुपर्ने बेला आएको बताउनु भयो । शिक्षा ऐन पारित गर्नका लागि पार्टि तथा स्थानिय सरकारले समेत साथ दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, एमाले अछामका सचिव भिम बहादुर रावल, एमाले मंगलसेन नगर ईन्चार्ज लिलाराज केसी, वृद्धिजिवि परिषद अछामका अध्यक्ष भरत सोडारी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव कृष्ण विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिवालय सदस्य धर्म बहादुर रावल, शिक्षक महासंघ मंगलसेन नगर अध्यक्ष गणेश सोडारी, नेकपा एमाले मंगलसेन नगरकमिटि सचिव डम्बर बहादुर रावल, मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट, शिक्षक हित तथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन बहादुर बोगटीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संगठनको सागठनिक र समसामयिक प्रतिवेदन अध्यक्ष एकेन्द्र बहादुर विकले प्रस्तुत गर्नु भएको कार्यक्रममा नगर उपाध्यक्ष धनकला ठकुल्लाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव लक्ष्मण प्रसाद रेग्मीले गर्नु भएको थियो ।
यसैबीच: नगर अधिवेशनकने बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । चक्र बोहराको अध्यक्षतामा नयाँ नगर समिति चयन गरिएको हाे ।
समितिको उपाध्यक्षमा कुलानन्द भण्डारी, निता साउँद, सचिव राम बहादुर जनाला, सह-सचिव पुतली भण्डारी रावल, काेषाध्यक्ष शाेभा साउँद, सह-काेषाध्यक्ष गाेपाल जैगडी लगाएत अन्य सदस्य रहेका छन ।

