युवा जागे देश अघि बढछ: नगरप्रमुख बोहरा

Kirci Gyan Kendra

अछाम
मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले युवा संक्रिय बने गाउँ समाजको बिकासले गतिलिने बताउनु भएको छ । युवा जागे देशको हरेक निकाय जाग्ने भएकाले युवामा लगानी गर्नुपर्ने बताउनु भयो ।

Samajik New Add 2082

वलिगाउमा भएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नगरप्रमुख बोहराले नगरको तर्फबाट जहिले पनि वलिगाउको क्रिकेट सफल पार्न सहयोग हुँदै आएकाले आगामि दिनमा निरन्तर सहयोग रहने बताउनु भयो । वलिगाउमा हुने क्रिकेटले अछामका हरेक स्थानिय तहका खेलाडीलाई जोडदै गएकाले धन्यवाद समेत दिनु भयो ।

कृष्ण वीर स्मृति युवा क्लबका अध्यक्ष सुरत बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले खेलाडि अनुशासनको गहना भएकाले आफ्नो परिचय दिनुपर्ने बताउनु भयो । वलिगाउमा हुने क्रिकेटलाई सफल पार्न युवाको क्षेत्रमा सदैव लगानि गर्न तयार रहेको बताउनु भयो ।

Saud Agro Kailash

अर्का बिशिस्ट अतिथि समाजसेवी भिम बहादुर रावलले हरेक सरकारले युवामा लगानि मैत्री वातावरण बनाउनु पर्ने बताउनु भयो । थुप्रै समस्याका बावजुद समेत वलिगाउका युवाले क्रिकेटमा सक्रिय बन्दै नमुना योग्य काम गरेको बताउनु भयो ।

कार्यक्रममा मंगला नेरा मावि वलिगाउका अध्यक्ष भैरव बहादुर बोहरा, समाजसेवि झुलेन्द्र रावल अतिथि रहनु भएको थियो । समापन कार्यक्रमको संन्चालन पत्रकार कमल रावलले गर्नु भएको थियो ।

क्रिकेट प्रतियोगिता कृष्ण वीर स्मृति युवा क्लब ओलिगाउको आयोजना र मंगलसेन नगरपालिकाको सहयोग, पुष्प कीराना तथा मासु पसल, मंगलासैनी कीराना तथा मासु पसल, टि आई कोल्ड स्टोर, प्रकाश कीराना तथा मासु पसल, अनुष्का कीराना पसल, मदर ल्यान्ड बोर्डिङ स्कुल ओलिगाउ र रिभर साइड कटेज एंड रेस्टुरेन्ट कैलाशखोला, भुवन स्टेशनरी स्टोर, श्रृष्टी पुस्तक पसल मंगलसेन अछामको प्रायोजनमा भएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.