बान्निगढी ५ मा जाल्वादेवी भलिवल कप हुदै

प्रतियोगीताको उपाधि चुम्ने टिमलाई नगद १ लाख ५ हजार पुरस्कार

Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम १२ कार्तिक ।
अछामको बान्निगढी जयगढ गाउँपालिका ५ मा खुला भलिवल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलिको अवसरमा यहि कार्तिक १४ गतेबाट कालिका युवा संजालले प्रतियोगिताको आयोजना गरेको हो ।
“जाल्वादेवी भलिवल कप २०७८” नाम दिईएको प्रतियोगितामा प्रथम हुने टिमले नगद नगद १ लाख ५ हजार पुरस्कार तथा मेडल र ट्रफि प्रदान गरिने आयोजकको भनाई छ । यस्तै दृतिय हुनेले नगद ६५ हजार, तृतिय हुने टिमले ३५ हजार, र शान्त्वना स्थान प्राप्त गर्ने टिमले १५ हजार नगद पुरस्कार तथा मेडल र ट्रफि पाउँनेछन ।
प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडिलाई मेडल, ट्रफि, नगद र प्रमाण पत्र सहित पुरस्कारको समेत व्यवस्था गरिएको खेलकुद प्रतियोगिता समिति संयोजक धनराज साउदले बताउनुभयो । प्रतियोगितामा जुन सुकै जिल्लाबाट पनि टिमले सहभागिता जनाउन पाउने तर एक पालिकाको खेलाडिले अर्को पालिकाबाट खेलमा भाग लिन नपाउने उहाँको भनाई छ ।
प्रतियोगितामा सहभागी हुने भलिवल टिमले अनिवार्य रुपमा नियमानुसार खेलाडि नम्बर सहितको ड्रेसका साथ उपस्थित हुनुपर्ने र सक्कल नेपाली नागरिकताका साथमा उपस्थित हुनुपर्ने भनिएको छ । यस्तै खेलाडिको परिचय तथा ठेगानाका बिषयमा बिवाद भए टिमलाइ स्वतः प्रतियोगिताबाट बाहिर निकालिने आयोजकको भनाई छ ।
कार्तिक १४ गते दिउसो २ बजेबाट प्रतियोगिताको उदघाटन गरिने छ भने मध्यान्न १२ बजे सम्म टिम दर्ता गर्न सकिने जनाईएको छ । प्रतियोगीतामा टिम दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ । प्रतियोगितामा खेलाडी तथा सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाइ उपस्थितिका लागी कालिका युवा संजालका अध्यक्ष मिन साउदले आग्रह गर्नुभएको छ ।
प्रतियोगिताका लागि बान्निगढी जयगढ गाउँपालिका र वडा नम्वर ५ कालिकाले आर्थिक सहयोग गरेका छन भने विभिन्न सामाजिक व्यक्तित्वहरुले नगद सहयोग प्रदान गरेका छन ।
जाल्वादेवी भलिवल कपमा भलिवल खेलहरु रात्रिकालिन सञ्चालन गरिने आयाेजकले जनाएको छ । प्रतियोगितामा अछाममा पहिलाेपटक आकर्षक विभिन्न खेल गतिविधि संचालन हुने जनाईएकाे छ ।
कार्तिक १४ गते सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उदघाटन गर्ने प्रतियोगिताको समापन १८ गते सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउदले समापन गर्ने कार्यतालिका रहेको आयोजकको भनाई छ । प्रतियोगितामा रेडियो बान्निगढी, मंगल खबर डट कम र बान्निगढि टुडे डट कम मिडिया पार्टनरका रुपमा रहेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.