जयगढका आगलागी पिडितसंग माओवादी नेता दिपक साउँद : १ लाख २५ हजार सहयोगको घोषणा

अग्नी पीडितलाई माया मेट्रोको १ लाख ५१ हजार : राहतसहित जयगढ पुगे अध्यक्ष साउँद

Kirci Gyan Kendra

अछाम । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ का ईन्चार्ज दिपक साउँद ‘तरंग’ अछामको बान्नीगढी जयगढ गाउँपालिका स्थित जयगढ बजारमा हालै भएको आगलागीले क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्न पुगेका छन् ।

Samajik New Add 2082

स्थलगत अवलोकनका क्रममा उनले आगलागी पीडितहरूसँग भेटघाट गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । उनले पीडितहरूप्रति सहानुभूति प्रकट गर्दै, यस्ता विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

साउँदले पीडितहरूको उचित व्यवस्थापन, पुनःस्थापना र राहतका लागि पार्टी सधैं साथमा रहेको बताउँदै, तत्कालिक राहतस्वरूप नेकपा माओवादी केन्द्रको तर्फबाट १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्  । पीडितहरूका लागि सो सहयोगले केही हदसम्म राहत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।  साथै उनले आगलागी पीडितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता पनि जनाएका छन् ।

Saud Agro Kailash

अग्नी पीडितलाई माया मेट्रोको १ लाख ५१ हजार : राहतसहित जयगढ पुगे अध्यक्ष साउँद

माया मेट्रो अस्पताल धनगढी कैलालीले बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको आगलागी पीडितका लागि राहतस्वरूप १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग राशीसहित अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद स्वयम् जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।

आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

“मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन,” अध्यक्ष साउँदले भने, “हालका लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं । आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा समेत सक्दो सहयोग गर्नेछौं ।”

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.