जयगढका आगलागी पिडितलाई जापानबाट करन थाकाे १० हजार सहयोग

Kirci Gyan Kendra

‎अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारलाई जापानमा रहेका करन थापाले आर्थिक सहयोग गरेका छन् ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका–१, कुन्ती ढुङ्गानी घर भई हाल जापानमा बसोबास गरिरहेका २३ वर्षीय थापाले पीडितका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

Saud Agro Kailash

नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आएका थापा सामाजिक कार्यमा पनि सक्रिय छन् । राजनीतिक रूपले अछामका युवाहरू माझ लोकप्रिय रहेका थापाले विपद्को यस घडीमा पीडितलाई राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन् ।

‎“बिपद् र संकटको समयमा आफन्त र दाजुभाइले सानो साथ र सहयोग पुर्‍याउँदा पीडितलाई केही राहत मिल्छ भन्ने सोचेर सहयोग गरेको हुँ,” थापाले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‎गएको चैत्र २६ गते जयगढमा भएको आगलागीले स्थानीयको ७ करोड बढिको नगद सहित धनमालको ठूलो क्षति पुर्‍याएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.