
मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अछामको प्राविधिक सहयोग तथा मंगलसेन नगरपालिका पशुसेवा शाखा र अछाम जेसिजको आयोजनामा भएको हो ।


शिविरमा वडा नम्बर १३ का १ सय ५५ कृषकका ८ सय १९ पशुको उपचार गरिएको छ । जसमा बाख्रा ५ सय ९५, गोरु ९५, भैसी ३५, गाई ७३ र कुकुर २१ उपचार गरिएको जेसिज अछाम बर्ष २०२५ का अध्यक्ष जितमान बोहराले बताउनु भयो ।
शिविरमा मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडा सदस्य पदम ठकुल्ला, मैसरा थापा, मंगलसेन नगरपालिका पशु सेवा शाखा प्रमुख डाक्टर बाल कुमार शाह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामका डाक्टर हुमनाथ पाण्डे, मंगलसेन नगरपालिका नायव पशु सेवा प्राविधिक दुर्गा प्रसाद जैसी, नगरपालिका पशु प्राविधिक मीन बहादुर थापा, शिवराज ढुंगाना, नगरपालिकाका रिटर्नि स्वंयम सेवक रतन आउजीको सहभागिता रहेको थियो ।





