‎साँफेका आगलागी पीडितसँग माओवादी नेता तरंग : ५१ हजार सहयोगको घोषणा

Kirci Gyan Kendra

अछाम । अछामको साँफेहाट बजारमा शनिबार राति भएको भीषण आगलागीपछि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिपक साउँद तरंग पीडितहरूको स्थलगत निरीक्षणमा पुगेका छन्।

Samajik New Add 2082

आगलागी प्रभावितहरूसँग प्रत्यक्ष भेटघाट गर्दै नेता तरंगले गहिरो सहानुभूति व्यक्त गरे र पार्टीका तर्फबाट तत्काल राहतस्वरूप ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरे।

Saud Agro Kailash

‎शनिबार राति साँफेहाट बजारस्थित एक होटलमा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले १० वटा भन्दा बढी पसल पूर्णरूपमा ध्वस्त बनाएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

‎नेता तरंगले पीडितहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र संघीय सरकारसहित सबै सरोकारवालाहरूलाई तदारुकता देखाउन आग्रह गरे। उनले पीडितहरूलाई राज्यले आवश्यक सहयोग तथा पुनर्स्थापना प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिए।

यसअघि, गएको चैत २६ गते जयगढमा भएको अर्को आगलागीका पीडितहरूलाई समेत उनले पार्टीका तर्फबाट १ लाख २५ हजार रुपैयाँ राहत उपलब्ध गराइसकेका छन्।

स्थलगत अनुगमनमा तरंग सहित माओवादी केन्द्रीय सदस्य तथा अछाम ईन्चार्ज शरद सिंह भण्डारी प्रदेश साँसद तथा पूर्व मन्त्री अक्कल रावल लगायत सहभागी थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.