मंगलसेन ३ कुटीमा सञ्चालित शिव महाँपुराणको नवौं दिनः हालसम्म करिब १० लाख दान संकलन

१ लाख ११ हजार १११ नगद दान गर्दै मंगलसेन ३ का चन्द्रभाने बोगटी बने सभानायक

Kirci Gyan Kendra

होम साउद, अछाम २७ बैशाखः

Samajik New Add 2082

नर्मदेश्वर शिवालय क्षेत्र मंगलसेन ३ कुटीमा सञ्चालित शिव महापुराण ज्ञान महायज्ञको नवौं दिन शनिबार २ लाख बढी दान सहयोग संकलन भएको छ । महायज्ञको दैनिक पुजापाठ लगायत दिवासत्रको कथावाचन संगै विभिन्न व्यक्तिहरुले उक्त दान सहयोग गरेका हुन ।

‎नवौं दिनको कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर ३ निवासी चन्द्रभाने बोगटी र उनका छोरा कर्ण बहादुर बोगटी र मिन बहादुर बोगटी सहित सपरिवारले १ लाख ११ हजार १ सय ११ नगद दान सहयोग गरेका छन । हालसम्मकै सबैभन्दा बढी नगद दान गरि दानबिर तथा सभानायक बन्नुभएका चन्द्रभाने बोगटी र प्रमुख कथाबाचक पण्डीत मदनराज उपाध्यायले विभिन्न दान दाता व्यक्तिहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा १० हजार भन्दा बढी दान गर्ने २० जना र ५ हजार भन्दा बढी दान गर्ने अन्य व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

Saud Agro Kailash

महायज्ञको नवौं दिनसम्म आईपुग्दा विभिन्न दान दाताहरुबाट कलश रसिद सहित करिब १० लाख दान संकलन भएको मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामीले बताउनुभयो । यस्तै शिवालय क्षेत्रमा मंगलसेन ३ निवासी भ्वान सिंह बोगटी सहित सपरिवारले भैरब मन्दिर निर्माण गर्ने घोषणा गर्दै शिलान्यास गरिसकिएको छ । साथै वडानम्वर ३ का पूर्व अध्यक्ष पदम सिंह भाट र उहाँको परिवारले होम कुण्ड निर्माण गरिसक्नुभएको छ ।

‎नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी स्थापना, भैरव मन्दिर निर्माण, अन्य पूर्वाधार संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञमा उपस्थित भई अमृत रुपी कथा श्रवण गरिदिन र सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।

महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म दैनिक पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ ।

बैशाख १९ गते शुक्रबारबाट सुरु भई बैशाख २९ गतेसम्म सञ्चालन हुने शिव महापुराण ज्ञान महायज्ञमा प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्यायले पुराण वाचन गरिरहनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.