बान्नीगढी जयगढ गाउँपालिकामा विद्यार्थी भर्ना र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि प्रवोधिकरण

अछाम: विद्यार्थी भर्ना र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि प्रवोधिकरण कार्यक्रम बान्नीगढी जयगढ गाउपालिकामा सम्पन्न भएको छ ।  सामाजिक विकास कार्यालयको आयोजना र गाउपालिकाको सहकार्यका जनप्रतिनिधि र विद्यालयका विव्यस अध्यक्ष तथा प्रधानाध्यापकहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।

‎विद्यालयमा विद्यार्थीहरुको नयाँ भर्नाका साथै गुणस्तरीय शिक्षाका बारेमा समेत छलफल गरिएको कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ ले व्यवस्था गरेका अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धिका प्रावधानहरुका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सरकारी निकाय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको संयुक्त पहल हुनुपर्नेमा सरोकारवालाको जोड थियो ।

Samajik New Add 2082

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको प्रवोधिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष बिन्दु रावल बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा सवै वडा अध्यक्षहरु र सवै सामुदायिक विद्यालयका विव्यस अध्यक्ष तथा प्रधानाध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

यो संगै जिल्लाका ७ वटा स्थानीय तहमा सो कार्यक्रम सम्पन्न गरिएको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलले बताउनुभयो । उहाँका अनुसार चौरपाटी, ढकारी र तुर्माखाँद गाउँपालिका बाहेक सवै पालिकामा कार्यक्रम सम्पन्न भैसकेको छ । विद्यालय शिक्षालाई प्रभावकारी बनाउनका लागि कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ को प्रावधान तथा ऐन सम्वन्धमा जानकारी गराउने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.