सुर्यज्योती लाइफ मंगलसेन द्वारा षोडशा माविका २५ जना संरक्षित बालबालिकालाई सहयोग

सुर्यज्योती लाइफ इन्सुरेन्स लि. मंगलसेन अछामले षोडशा देवी माध्यमिक विद्यालय मंगलसेनमा संरक्षित विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेको छ । विभिन्न कक्षामा अध्ययनरत विद्यालयद्वारा संरक्षित, अभिभावक गुमायका तथा दृष्टिबिहिन बालबालिकाहरुलाई २५ सेट ट्र्याकसुट वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्यज्योति लाईफ इन्स्योरेन्स मंगलसेनका शाखा प्रमुख गणेश बहादुर साउद र अपरेशन खेमराज ओझा सहित शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनि मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत अनाथ तथा दृष्टिबिहिन बालबालिकाहरुलाई सानो सहयोग गरिएको शाखा प्रमुख गणेश बहादुर साउदले बताउनुभयो ।

उक्त कार्यक्रमको सञ्चालन षोडशा माविका शिक्षक धन कुमार केसीले गर्नुभएको थियो ।
Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.