मङ्गलसेन ३ मा वडा स्तरीय महिला मानवअधिकार रक्षक सञ्जाल

अध्यक्षमा गाैरी बाेगटी

Kirci Gyan Kendra

मंगलसैन नगपालिका वडा नम्वर ३ मा महिला मानव अधिकार रक्षक संजाल गठन गरिएको छ । वडा कार्यालयकाे आयाेजना तथा महिलाव मानवअधिकार रक्षक सञ्जाल अछामको सहजिकरणमा भएको कार्यक्रमबाट समिति गठन गरिएको हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

महिलाहरुको नेतृत्व विकास सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम पश्चात् भएको भेलाले गौरी बोगटी (कलेल) को अध्यक्षतामा ९ जनाको वडा स्तरीय महिला मानव अधिकार रक्षक संजाल गठन गरिएकाे छ ।

उक्त कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीकाे अध्यक्षतामा भएको थियोे भने मंगलसैन नगरपालिकाका उपप्रमुख संगिता रावल साेडारी, मंगलसैन नगरपालिका प्रथम उप-प्रमुख यवम संजालका उपाध्यक्ष सरिता उपाध्याय, रामारोशन गाउँपालिकाका प्रथम उपाध्यक्ष सरस्वती रावल, मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा नम्वर ३ का जनप्रतिनिधि, वडा सचीव, रक्षक संजाल का सचिव सरस्वती नेपाली, रक्षक संजाल सदस्य यवम मानव अधिकार तथा शान्ती समाज जिल्ला उप-सभापति गंगा कुँवर, तिलु देबि स्वार, गंगा थापा र वडा ३ का महिलाहरुको सहभागीता रहेको थियो ।
यसअघि अछामको रामाराेशन गाउपालिकामा पनि पालिका स्तरीय महिला मानवअधिकार रक्षक सञ्जाल गठन गरिसकिएको र अन्य स्थानीय तह तथा वडाहरुमा पनि सञ्जाल गठन गरििने जनाईएकाे छ ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.