मङ्गलसेनमा राष्ट्रपति रनिङसिल्डको दोस्रो दिन: एथलेटिक्सका १९ ईभेन्माट सकिदा  शाेडषा मावि अग्रस्थानमा

मङ्गलसेन (अछाम) — मङ्गलसेन नगरपालिकामा सञ्चालन भइरहेको पालिका स्तरीय रनिङसिल्ड प्रतियोगिताको दोस्रो दिन एथलेटिक्स अन्तर्गतका १९ वटा इभेन्टका खेलहरू सम्पन्न भएका छन्।

Samajik New Add 2082

खेल सकिँदासम्मको नतिजाअनुसार ९ वटा स्वर्ण पदक जित्दै शाेडषा माध्यमिक विद्यालय अग्रस्थानमा रहेको छ। यस्तै कुन्ती मावि, जाल्पा मावि र मङ्गला नेरा माविले समान दुई/दुई वटा स्वर्ण पदक जितेका छन्।

यसैगरी गङ्गा मावि, पार्वती मावि, अन्नपूर्ण मावि र अछाम बहुमुखी क्याम्पसले समान एक/एक वटा स्वर्ण पदक हात पारेका छन्।
समग्र पदक स्थिति – रजत र काश्य पदकसहितको समग्र गणनाअनुसार:
सोडषा मावि — १३ पदक
गङ्गा मावि — १० पदक
कुन्ती मावि — ६ पदक
मङ्गला नेरा मावि — ६ पदक
राधा मावि — ५ पदक
त्यसैगरी कालिका मावि, जाल्पादेवी मावि र यशोधरा माविले समान चार/चार पदक जित्दा अछाम बहुमुखी क्याम्पस र अन्नपूर्ण माविले समान तीन/तीन पदक तथा पार्वती माविले दुई पदक हात पारेको छ। हालसम्मको नतिजाअनुसार शिशुसुधार मावि, बस्ती भने पदकविहीन रहेको छ।

प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई उपस्थित अतिथिहरूबाट मेडल तथा प्रमाणपत्र वितरण गरिसकिएको जनाइएको छ।

प्रतियोगिता सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सञ्चालन भइरहेको मङ्गलसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक बहादुर भण्डारीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.