नेकपाका संयोजक एवम पूर्वप्रधानमन्त्री प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित, लगातार पाचौँ पटक जित

Kirci Gyan Kendra

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले खाता खोलेको छ । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएसँगै नेकपाले खाता खाेलेकाे हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कुसुम थापाले ३ हजार ८१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए भने दोस्रो संविधान सभा निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए ।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं( ३ बाट निर्वाचित भएका प्रचण्ड २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका थिए । प्रचण्ड यो पटक गरेर लगातार पाँचौँ पल्ट निर्वाचित भएका हुन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.