
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले २३ चैतबाट लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।


पेट्रोलियम आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण सो निर्णय गरिएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोकिएको छ।
‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ कायम गर्ने,’ निर्णयमा भनिएको छ।

