विद्यालय तहका विद्यार्थीहरुका लागि जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

अछाम:- सामाजिक विकास कार्यालय अछामको आयोजनामा विद्यालय तहका विद्यार्थीहरुका लागि जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अछामका १० वटै स्थानीय तहबाट सहभागी विद्यार्थीहरुले विभिन्न विधामा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

Samajik New Add 2082

प्रतिभा पहिचान कार्यक्रममा कला, साहित्य, विज्ञान तथा प्रविधि, गणित, सूचना प्रविधि, चित्रकला लगायतका विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो। कार्यक्रममा विद्यार्थीहरुले सिर्जनात्मक तथा नवप्रवर्तनात्मक प्रस्तुति राखेका थिए।

Saud Agro Kailash

प्रतियोगितामा विभिन्न विधामा प्रथम हुन सफल विद्यार्थीहरुलाई आगामी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने आयोजकले जनाएको छ।

सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, अछाम बहुमुखी क्याम्पस प्रमुख डा. ध्रुवकुमार शाही तथा शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रा.स. मदन बिष्टले गर्नुभएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.