मंगलसेन १ मा दालमोट उत्पादनसम्बन्धी ७ दिने सीप विकास तालिम सुरु

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

मंगलसेन नगरपालिका वडा नम्बर १ मा दालमोट उत्पादनसम्बन्धी ७ दिने सीप विकास तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय अछाम र मालिका सामुदायिक सिकाइ केन्द्र कुन्तिवण्डालीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

तालिममा विशेषगरी मकै र भटमासबाट दालमोट बनाउने विधि, प्रक्रिया तथा बजारीकरणसम्बन्धी सीप विकास गराइने जनाइएको छ।

मालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षता तथा वडा नम्बर १ का अध्यक्ष लोकराज नाथको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

Saud Agro Kailash

प्रमुख अतिथि नाथले यस्ता तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताउँदै उत्पादनसँगै बजारीकरणमा पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो। सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार र आयआर्जनसँग जोडिन उहाँले सहभागीलाई आग्रह गर्नुभयो।

उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अछामका वरिष्ठ उद्यम विकास सहजकर्ता चेतराज पनेरुले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने प्रशिक्षक चन्द्रा थापाले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर जनक ढुंगाना, वडा नम्बर १ का वडा सचिव हिरण्ड नाथ योगी, मंगलसेन नगरपालिका–२ का सचिव नन्दराज ढुंगाना, वडा नम्बर १२ का सचिव डण्डी प्रसाद ढुंगाना, सिकाइ केन्द्रका उपाध्यक्ष मनिराम थापा, सहसचिव लक्षिराम जैगडी, सदस्य बिरु कामी लगायतको उपस्थिति रहेको थियो।
तालिममा वडा नम्बर १ का १५ जनाको सहभागिता रहेको छ।

तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मालिका सामुदायिक सिकाइ केन्द्रका कर्मचारी श्रीया जैगडीले गर्नुभएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.