रास्वपा अछामको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ओमप्रकाश रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अछाम:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामको प्रथम जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले ओमप्रकाश रावलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट ओमप्रकाश रावल जिल्ला सभापतिमा पुनः निर्वाचित भएका छन्। त्यसैगरी, उपसभापतिमा टंकबहादुर धामी, सचिवमा बमबहादुर रावल तथा सहसचिवमा लक्ष्मण कुँवर चयन भएका छन्।
जिल्ला कार्यसमिति सदस्यहरूमा प्रेमबहादुर बयक, इन्द्रसिंह विक, एलिना शाह, कमला शाही र ज्ञानकुमारी कुँवर चयन भएका छन्।
यसैबीच, अधिवेशनले रास्वपा अछामका निर्वाचन क्षेत्रगत नेतृत्वसमेत टुंगो लगाएको छ। जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भरत बटाला तथा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जीवन तिमिल्सैना निर्वाचित भएका छन्।

Samajik New Add 2082

पार्टिकाे प्रथम जिल्ला अधिवेशनको यसअघि आईतवार रास्वपाका महामन्त्री भुपदेव शाहले उदघाटन गर्नुभएको थियाे।

Leave A Reply

Your email address will not be published.