जेसीज अछामद्धारा रक्तदान तथा रक्त समुह पहिचान कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra
Saud Agro Kailash

 अछाम:
अछाम जेसीजको आयोजनामा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान तथा रक्त समुह पहिचान कार्यक्रम जिल्ला अस्पताल अछाममा सम्पन्न भएको छ ।
दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामीका लागि तत्काल आवश्यक रगतका लागि ४ जनाले रक्तदान र ४१ जनाको रक्त समुह पहिचान गरिएको छ । रक्तदान गर्ने ४ जनामा जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख जयहरी चन्द, अछाम जेसीज बर्ष २०२६ कार्यकारणी उपाध्यक्ष जेसी निशा भटराई, सचिव जेसी पवित्रा खड्का, र डिप्रोस लघुवित्त शाखा मंगलसेनका प्रमुख डिल बहादुर शाही रहेका छन ।
दैलेख जिल्ला, आठबीस नगरपालिका–७ निवासी २५ वर्षीया सुत्केरी महिला राजकला विक र मंगलसेन नगरपालिका १२ निवासी ६० बर्षिया बृद्धा शारदा दमाईलाई A पोजेटिभ O पोजेटिभ रगत दान गरेका हुन । आवश्यक रगतको अभाव भएपछि उनले रक्तदान गरी मानव सेवाको उदाहरण प्रस्तुत गरेका छन्।बाँकी रक्त समुह पहिचान गरिएका ४१ जनाले अस्पतालका विरामीलाई आवश्यक पर्ने रगत जतिबेला पनी दिन तत्पर रहेको बताएका छन ।
जेसीज अछामका कोषाध्यक्ष तथा रक्तदाता दिवस कार्यक्रम संयोजक जेसी कमल कुमार रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर बेद कुमार चौधरी प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी डाक्टर चौधरीले रक्तदान जीवनदान भएकाले आवश्यकता पर्दा सबै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताउनु भयो । समयमै रगत उपलब्ध हुँदा बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने भएकाले सबैले रक्तदान जिवनदान भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढन सबैलाई आग्रह गर्नु भयो ।
अछाम जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी टेक बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम मा अछाम जेसीज बर्ष २०२४ अध्यक्ष जेसी फलेन्द्र प्रसाद उपाध्याय, बर्ष २०२५ का अध्यक्ष जेसी जितमान बोहरा, शाखाका पदाधिकारी, सदस्यको सहभागीता रहेको कार्यक्रमको संचालन बर्ष २०२६ का महासचिव जेसी आनन्द साउदले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.