मंगलसेनका सीएसई फाेकल शिक्षकहरुकाे समीक्षा बैठक

टेक राज भण्डारी, भदाै ६, अछाम

Samajik New Add 2082

किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण सेफ गर्लस् परियोजना अन्तर्गत मंगलसेन नगरपालिकाका शिक्षकहरुको समीक्षा बैठक सकिएकाे छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र सहकार्यमा WAC नेपालद्वारा सञ्चालित सेफ गर्लस् परियोजना अन्तरगत शिक्षकहरुका वीच भए गरेका गतिविधिकाे समीक्षा गरिएको हाे ।

मंगलसेन नगरपालिकाका माध्यमिक विद्यालयका वृहत्तर याैनिकता शिक्षा (CSE) तालिम प्राप्त शिक्षकहरुकाे बैठकमा विद्यालयमा याैन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विद्यालय तथा समुदायमा गरिरहेका क्रियाकलापकाे बारेमा जानकारी गराईएकाे थियाे । साथै शिक्षकले विद्यालयमा गर्न सकिने गतिविधिबारे कार्ययोजना समेत तयार पारेका छन् । आगामी दिनमा विद्यालय तथा समुदाय स्तरमा जनचेतना जगाउनका लागि गर्न सकिने क्रियाकलाप समेटेर कार्ययोजना निर्माण गरिएको हाे ।
बैठकमा षाेडशादेवि माविका प्रधानाध्यापक सर्पराज रिमाल प्रमुख अतिथि रहनुभएकाे थियाे । बैठकमा CSE फाेकल शिक्षक शंकर रावलले वृहत्तर याैनिकता शिक्षा, हालकाे अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सहजीकरण गर्नुभएको थियाे ।
बैठकमा मंगलसेन नगरपालिकाका ११ वटा माध्यमिक विद्यालयका नयाँ र गत बर्ष तालिम लिनुभएका फाेकल शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।
परियाेजना मार्फत भएका र आगामी याेजनाका बारेमा सेफ गर्लस् परियाेजनका कमलबजार परियोजना अधिकृत दीपा बम र मंगलसेन परियोजना अधिकृत गाैरी भण्डारीले जानकारी गराउनु भएको थियाे ।

Leave A Reply

Your email address will not be published.