२०७४ को निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनेका नेता भण्डारीको निधन

Kirci Gyan Kendra

नेकपा एमाले मंगलसेन नगरकमिटी सदस्य एंव वडा नम्बर ११ का वडा कमिटी अध्यक्ष टेक बहादुर भण्डारीको निधन भएको छ । पौष १४ गते गएराती नेता भण्डारीको ५६ बर्षको उमेरमा आफ्नै निवास खिमाडामा अकस्मात निधन भएको हो । स्वास्थ्यमा कुनै समस्या नभएका नेता भण्डारीको एक्कासि निधन भएको उहाका आफन्त जगत भण्डारीले बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वडा नम्बर ११ एमालेकाे तर्फबाट वडा अध्यक्षको उम्मेदवार समेत बनेका नेता भण्डारीको निधनले पार्टिलाई समेत अपुरणिय क्षति पुगेको एमाले अछामले जनाएको छ ।

पार्टीका लागि निकै लगनशील, ईमान्दार नेता भण्डारी भएकाले जहिले पनि अभाव खटकिरहने पार्टीले जनाएको छ । उहाका अन्तिम दाहासस्कार पौष १६ गते कैलाशखोलामा गरिने पारिवारिक स्राेतले जनाएको छ । नेता भण्डारीका २ छोराछोरी र श्रीमती छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.