स्रष्टा पदम माझिको दोस्रो पुस्तक नमुनाको लाेकार्पण गरियो

साहित्यकार तथा गायक पदम बहादुर माझीको बिकास र राजनितीसँग सम्बन्धित पुस्तक नमुना भाग २ को लोकार्पण गरिएको छ । जिल्ला प्रशासन कार्यालय अछामको सभाहलमा आैपचारिक रुपमा भएको पुस्तक लोकार्पण कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले पुस्तक बिमोचन गर्नु भएको थियो ।

Samajik New Add 2082

पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका माझिको दोस्रो पुस्तक नमुनाका बारेमा प्रकाशकको तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष तथा भुवन स्टेशनरी स्टोर मंगलसेनका संचालक नर बहादुर रावलले मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा पुस्तकका लेखक माझी र प्रकाशक रावललाई प्रजिअ मरासेनीले दौसल्ला ओढाएर सम्मान समेत गर्नु भएको थियो । पुस्तकको बिमोचन गर्दै प्रजिअ मरासेनीले बिकास र राजनीतिसँग सम्बन्धित पुस्तक भएकाले सबैलाई अध्ययन गर्न आग्रह समेत गर्नु भयो ।

जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुभेच्छुक, शुभचिन्तकको सहभागिता रहेको कार्यक्रमक‍ संचालन पन्चदेवल विनायक नगरपालिकाका रोजगार शाखा संयोजक भरत अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.