परियाेजना सल्लाहकार समिति काे बैठक मेल्लेख मा सम्पन्न

लालबहादुर चदाराः

Samajik New Add 2082

जिल्लाकाे मेल्लेख गाउपालिकामा परियोजना सल्लाहकार समितिकाे बैठक सम्पन्न भएकाे छ । मेल्लेख गाउपालिका कार्यबाहक अध्यक्ष केशरबहादुर शाह काे अध्यक्षतामा भएको बैठकमा सुरक्षित गर्भपतन ईकाेसिस्सटम सेवा, परियोजना, परियाेजना काे कार्यक्षेत्र र परियाेजनाले संचालन गर्ने क्रियाकलाप काे बारेमा छलफल भएकाे छ ।

बैठकमा सुचिकृत स्वास्थ्य संस्था बाट सेवा प्रवाहका लागि पालिकाले एकद्वार प्रणालीबाट स्वास्थ्य संस्थाहरुकाे क्षेमता अभिवृद्धि गर्नुपर्ने बिषयमा पनि छलफल गरिएकाे छ। यस्तै सुरक्षित गर्भपतन सेवा का लागि स्वास्थ्य संस्था सुचिकृत र नीति तथा कार्यविधि निर्माण काे बारे पनि छलफल गरिएको छ ।

परियाेजनाले स्वास्थ्य संस्था बाटहुने सेवा प्रवाह समुदाय मा स्वास्थ सम्बन्धि भए गरेका क्रियाकलाप र परियाेजना काे परिचय , तथा आगामि दिनमा गर्ने दिनमा गर्ने क्रियाकलाप, कार्ययोजना बारे पिसविन नेपाल का कार्यक्रम प्रबन्धक धर्म बहादुर राेकायले जानकारी गराउनु भएकाे थियाे ।

पिसविन नेपाल काे आयाेजना आई पास नेपाल काे आर्थिक सहयोग मेल्लेख गाउपालिकाकाे सहकार्य भएकाे बैठकमा मेल्लेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का, मेल्लेख अन्तर्गत वडा का वडा अध्यक्ष हरु आई पास नेपालका सामाजिक परिचालक हिमकला तिमिल्सिना, स्वास्थ्य सराेकारबालाकाे उपस्थिति रहेकाे बैठककाे संचालन मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला ले गर्नु भएकाे थिया ।

Leave A Reply

Your email address will not be published.