मंगलसेन ९ का ८८ जना जेष्ठ नागरीक र अपांगलाई सम्मान गरियो

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलिगाउँका जेष्ठ नागरीक र अपांगलाई लत्ताकपडा वितरण सहित सम्मान गरिएको छ । वडा सरकारको आर्थिक बर्ष २०७८/०७९ को बिनियोजित १ लाख ५० हजार बजेटबाट वडाका जम्मा ८८ जना जेष्ठ नागरीक तथा अपांगलाई लत्ताकपडा वितरण गरिएको हो ।

Samajik New Add 2082

वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा ७० बर्ष उमेर माथिका ३५ जना पुरुष, ५० जना महिला गरी ८५ र ३ जना अपांगता भएका ब्यक्ति गरी ८८ जनालाई लत्ताकपडा कपडा वितरण गरिएको छ ।

वितरण कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुका अध्यक्ष नेत्र बहादुर रावलले बालक, युवा हुँदै बयस्क हरेक ब्यक्ति हुने भएकालेे सबैले जेष्ठ नागरीकलाई सम्मान गर्नु पर्ने बताउनु भयो । समाजका सम्पतिलाई हरेक घरपरिवारमा सम्मानका साथ राख्न सके सुख शान्ति आफै मिल्दै जाने बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रमका अध्यक्ष वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले जेष्ठ नागरिक सम्पत्ति भएकाले सबैले सम्मान गर्नुपर्ने बताउनु भयो । जेष्ठ नागरीक मंच अछामका उपाध्यक्ष समेत रहेका अध्यक्ष रावलले जेष्ठ नागरीकका पीडा स्वयंम आफुलाई थाहा भएकाले वडामा जनप्रतिनिधिसँग समन्वय सहकार्य गर्दै बजेटको ब्याबस्था गरिएको बताउनु भयो । आफुले बालबालिका, युवा, जेष्ठ नागरीकलाई बजेट बिनियोजन गरेर सम्मान गर्दै आएको बताउदै आगामि दिनमा आमा समुहका पदाधिकारीलाई समेत सम्मान गर्ने बताए ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै मंगलखबर डटकमका कार्यकारी सम्पादक कमल रावलले वडा सरकारले जेष्ठ नागरीकका लागि स्रहानिय कार्य गरेको भन्दै हरेक घरपरिवारमा जेष्ठ नागरीकका लागि सदभाव, माया र स्नेहको वातावरण बन्नु पर्ने बताउनु भयो ।

लत्ताकपडा वितरण कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य कौशिला दमाई, धनकला बोहरा, सीता विक, मंगला आधारभुत विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हिक्मत बहादुर रावल, स्वास्थ्य चौकि ओलिगाउँका अहेब भरत राज जोशी, कृषि प्राविधिक सुरेन्द्र रावल, पशु प्राविधिक रविन्द्र केसी  अतिथि रहनु भएको थियो ।

वडा सचिव कर्ण विक्रम शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन मंगला आधारभुत विद्यालयका प्रअ भैरब बहादुर रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.