अछाम र बाजुराका ८० जनालाई मोवाईल मर्मत र डकर्मी तालिमको लागि सुवर्ण अवसर !

अछाम र बाजुराका ८० जनाका लागि माेवाईल मर्मत र डकर्मी तालिम संचालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीको आर्थिक सहयोग र बडीमालिका मल्टिप्रपोज कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा संचालित (३९०) घण्टा मोवाईल मर्मत तालिम तथा हिलसाईड पोलिटेक्निक ईन्स्टिच्युट प्रा.लि. को आयोजनामा (३९०) घण्टा डकर्मि तालिम संचालन हुने भएको हो ।

Samajik New Add 2082

तालिमका लागि ईच्छुक १८ देखी ४५ वर्ष सम्मका व्यक्तिले ७ दिन भित्र सम्पर्क गरी आवेदन फारम भर्न सकिने कम्पनीहरुले सूचना मार्फत जानकारी दिएका छन । बडीमालिका मल्टिप्रपोज कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा बाह्रबिस बाजुरामा २० जना तथा जयगढ अछाममा २० जना गरि ४० जनालाई मोवाईल मर्मत तथा हिलसाईड पोलिटेक्निक ईन्स्टिच्युट प्रा.लि. को आयोजनामा बाह्रबिस बाजुरामा २० जना तथा जयगढ अछाममा २० जना गरि ४० जनालाई डकर्मी तालिम संचालन गरिने जनाईएको छ ।

तालिममा सिमान्तकृत, जनजाती, आदिवासी, हलिया, दलित, जनजाती तथा वेरोजगार युवायुवतीहरुलाई प्राथमिकता दिईने र आवेदनका लागी सक्कल नागरिकताको प्रतिलिपी र पासपोर्ट साईजको फोटो २ प्रति पेश गर्नु पर्ने जनाईएको छ ।

हेर्नुहोस तालिम आयोजकद्धारा जारि गरिएको सूचनाः

 

Leave A Reply

Your email address will not be published.