मंगलसेनमा मेयर कप पुरुष भलिबल प्रतियोगिताको उदघाटन गरियो

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकामा पालिका स्तरिय मेयर कप पुरुष भलिबल प्रतियोगिता उदघाटन गरिएको छ । संविधान सभा सदस्य भैरे कामीले ब्यानर बाचन सहित भलिबल रेफ्रीलाई हस्तान्तरण गर्दै उदघाटन गर्नु भएको हो । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य कामीले राष्ट्रलाई चिनाउने खेलाडीले भएकालेे खेलाडीलाई अनुशासीत भएर खेल प्रदर्शन गर्न आग्रह गर्नु भयो । खेलसँग हरेक युवा जोडिने भएकाले स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

Samajik New Add 2082
Saud Agro Kailash

मंगलसेन नगरपालिकाले निर्माण गरेको मंगलसेन बृहत खेलमैदानमा सुरु भएको प्रतियोगितामा निर्माण प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख बोहराले कर्बड हल सहित खेलमैदानमा क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन प्रतियोगिता लगाएतका खेलहरु संचालनका लागि ३९ रोपनी जग्गा क्षेत्रफल पुर्‍याउने लक्ष्य रहेको बताउनु भयो । हालसम्म १९ रोपनी २ आना जग्गा रहेकाले ३० बर्षसम्म लिजमा लिईने खेल मैदानको १९ करोड १५ लाख १३ हजार ८० रुपैया बयालिस पैसाको डिपिआर तयार गरिएको नगर प्रमुख बोहराले बताउनु भयो ।


जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावल बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा नेकपा एमाले अछामका सचिव भीम बहादुर रावल, नेकपा माओवादी केन्द्र अछामका सहईन्चार्ज लोक बहादुर बोगटी, नेकपा एकीकृत समाजवादी रामराज नाथ, जिल्ला अस्पताल ब्यबस्थापन समिति अध्यक्ष शिव बहादुर बोगटी, जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, खेलकुदसँग आबद्ध सँघ, संगठनका प्रमुख तथा प्रतिनिधि उदघाटन कार्यक्रममा अतिथि रहनु भएको थियो । नगर उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.