बिरामीलाई आर्थिक सहयोग सहित फलफूल वितरण

विप्लव नेतृत्वको नेकपाको जनवर्गीय संगठन अखिल क्रान्तिकारी अछामले जिल्ला अस्पताल अछामका बिरामीलाई फलफुल वितरण गर्नुका साथै आर्थिक सहयोग गरेको छ । ऐतिहासिक जन आन्दोलन दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेनमा भर्ना १० बिरामीलाई फलफूल वितरण र १० हजार सहयोग गरिएको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका वडा नम्बर ७ कि असाहय बालिका दुधा बिकलाई उपचार खर्च स्वरुप रु १० हजार सहयोग हस्तान्तरण गरिएको हो ।

फलफुल वितरण तथा आर्थिक सहयोग कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रमेश बिसी, अखिल क्रान्तिकारी अछामका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर सोनाली बास्कोटा, कर्मचारी, व्यापारी, बिरामीको सहभागीता रहेको अखिल क्रान्तिकारी अछामका जिल्ला सचीव एकेन्द्र विकले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.