नेकपा एकीकृत समाजवादको भेला रामारोशनमा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) रामारोशन गाउँ पालिका वडा नम्बर ५ को चौकामा प्रथम भेला सप्पन्न भएको छ ।
भेलामा प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य शेरबहादुर कुवरले एमालेको नेतृत्वमा राजनीति बैचारिक बिचलन आएकोले आफुले बिद्रोह गरेको बताउदै केन्द्रिय सदस्य कुवरले रामारोशनका सचेत नागरिकले सधै न्याय समानताको पक्षमा लागेको बताउदै समाजको रुपान्तरणका लागि र दुरदराजको बिकासको लागि सबै नेकपा (एकीकृत समाजबादी)मा गोलबन्ध हुन आग्रह गर्नु भयो ।

Samajik New Add 2082

वडा कमिटीका अध्यक्ष दलबहादुर रोकायको अध्यक्षतामा भएको भेलामा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष केशरी रेग्मी, समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुवर, जिल्ला सचिवालय सदस्य रामारोशन गाउँ पालिकाका इन्चार्ज ताराप्रसाद खनाल, सह इन्चार्ज प्रभुनाथ खनाल, जनक बिष्ट , सीता भण्डारी, जिल्ला कमिटी सदस्य दानबहादुर कुवर लगाएतका नेता अतिथि रहनु भएको थियो ।
वडा कमिटी सचीव लोक बहादुर बोहराले संचालन गरेको भेलामा बलबहादुर बटालाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.