बान्नीगढी मतगणना : गठबन्धनका उम्मेदवारको अग्रता

Kirci Gyan Kendra

बान्नीगढी जयगढ गाउँपालिकामा जारी मतगणनामा गठबन्धनका उम्मेदवारहरूको अग्रता देखीएको छ । वडा नम्बर ६ दर्नाको मतगणना जारि रहँदा गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारले ६०० मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवारले ५४२ मत प्राप्त गरेका छन् ।

Samajik New Add 2082

गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार टेक बहादुर साउँदले प्रत्यासी नेकपा एमालेका उम्मेदवारसँग २०९ मतले अग्रता कायम गर्दा उपाध्यक्ष पदका उम्मेदवार निर्मला साउँदले प्रत्यासी उम्मेदवारसँग ११८ मतले अग्रता कायम गरेकी छन् ।

Saud Agro Kailash

नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लोक बहादुर साउँदले ३९१ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका उम्मेदवार बिन्दु रावलले ४२४ मत प्राप्त गरेकी छन् ।

यस्तै वडा अध्यक्ष पदमा माओवादी केन्द्रका जगत थापाले ५३० मत प्राप्त गर्दा एमालेका उम्मेदवार चङ्ख रावतले ४०७ मत प्राप्त गरेका छन् ।

कुल १३९८ मत मध्य हालसम्म १०७४ मत गणना हुँदा २० मत पूर्ण रुपमा बदर भएका छन् भने अन्य मत आंशिक रुपमा बदर भएको निर्वाचन अधिकृत हरिस पन्तले जानकारी दिनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबिच चुनावी गठबन्धन भएको थियो । केहिबेरमा वडा नम्बर १ गाँज्राको मतगणना सुरु गर्ने तयारी रहेको छ ।
बान्निगढीटुडे अनलाइन

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.