अछाममा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अछाम जिल्लामा एकजना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ की गर्भवती महिला सीता रावलको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा हेलिकप्टर मार्फत लगिएको छ ।

Samajik New Add 2082

८ महिनाको गर्वमा बच्चा मरेको अबस्थामा रहेकाले झण्डै ४ दिनसम्म नियमीत औंषधि सेवन गराउदा बच्चा ननिस्केपछि आमाको ज्यान समेत जोखिममा हुने भएकाले बाहिर रिफर गरिएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताउनु भयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दै मंगलसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख संगिता रावल सोडारीको बिशेष पहलमा सुर्खेत पठाईएको हो ।

Leave A Reply

Your email address will not be published.