मंगलसेन नगरपालिकाद्धारा सञ्चालित घुम्ति सेवाबाट नागरिक लाभान्वितः हालसम्म १७ सय २२ जनाले सेवा लिए

एकिकृत सम्पती कर र व्यवसाय दर्ता नविकरणबाट १ लाख ८३ हजार राजश्व शंकलन

होम साउद, श्रावण १२, कालागाउँः

Samajik New Add 2082

मंगलसेन नगरपालिका द्धारा सञ्चालित सामाजिक सुरक्षा भत्ता लाभग्राहिको परिचयपत्र नविकरण तथा घुम्ति सेवाबाट स्थानीय नागरिक लाभान्वित भएका छन । यहि श्रावण ६ गतेबाट सञ्चालन भएको कार्यक्रम वडानम्वर १३, १ र २ मा सम्पन्न भई बिहिबारबाट वडानम्वर १४ मा सुरु भएको हो ।

घुम्ती सेवाबाट वडानम्वर १४ मा बिहिबार पहिलो दिन २४४ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आफ्नो बिवरण नविकरण गराएका छन भने २९ जनाको नयाँ नाम दर्ता भएको छ । यस्तै घुम्ति सेवामा १२० जनालाे एकिकृत सम्पती कर सम्वन्धि सेवा लिएका छन भने सो वाफत ४३ हजार ६ सय ७० राजश्व संकलन भएको छ । एक जनाको व्यवसाय दर्ता गरिएको छ । यस वडामा शुक्रबार सम्म सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

यसअघि वडानम्वर १३, १ र २ मा एकिकृत सम्पती कर तथा व्यवसाय दर्ता नविकरण सम्वन्धि सेवा प्रदान गरिए वाफत १ लाख ४० हजार राजश्व शंकलन भएको छ भने ६ वटा नयाँ व्यवसाय दर्ता तथा ४ वटा नविकरण गरिएको थियो । यसैगरि सामाजिक सुरक्षा तर्फ तिनवटै वडामा गरि ७१ जना नयाँ लाभग्राहीको नाम दर्ता र ८४३ जनाको नविकरण गरिएको छ ।

यसरी समग्रमा हालसम्म सामाजिक सुरक्षा तर्फ १०० जनाको नयाँ नाम दर्ता तथा एक हजार ८७ जनाको नविकरण कार्य सम्पन्न भएको छ । यस्तै एकिकृत सम्पती कर तथा व्यवसाय दर्ता नविकरण तर्फ झण्डै ५३५ जनाले सेवा प्राप्त गरि सो वाफत जम्मा १ लाख ८३ हजार ६ सय ७० रुपैयाँ राजश्व संकलन भएको छ ।

मंगलसेन नगरपालिकाको घर घर नगर सरकार भन्ने नारा अन्तरगत नगरपालिकाले सबै १४ वटै वडामा घुम्ती सेवा मार्फत नागरिकलाई सेवाहरु प्रदान गरिरहेको मंगलसेन नगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । वर्षायामको समयमा टाढा टाढाका जनतालाई सामाजिक सुरक्षा तथा एकिकृत सम्पती कर सम्वन्धि सेवा लिन नगरपालिका पुग्नुपर्दा सास्ती खेप्नुपर्ने अवस्थालाई मत्ध्यनजर गर्दै यो अभियान संचालन गरिएको उहाँको भनाई छ ।

घुम्ति सेवाका लागि नगरपालिकाबाट एमआईएस शाखा, राजश्व शाखा र व्यवसाय दर्ता नविकरण शाखाबाट कर्मचारीहरु खटिएका छन । बिहिबार वडानम्वर १४ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको विशेष उपस्थिति रहेको थियो भने घुम्ती सेवामा खटिएका राजश्व शाखा प्रमुख दीपक खड्का, एम आई एस अपरेटर होम बहादुर साउद, फिल्ड सहायक दील बहादुर केसी, सहायक कम्प्यूटर अपरेटर डण्डी प्रसाद ढुंगाना र वडा सचिव हिक्मत जैशी सहित वडाका कर्मचारीले स्थानीय नागरिकलाई सेवा प्रदान गरेका थिए । घुम्ती सेवा श्रावण १४ र १५ गते वडानम्वर १२ मा सञ्चालन गरिने जनाईएको छ ।

केही तस्बिरहरुः

 

Leave A Reply

Your email address will not be published.