बिनायकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,३ हजार ७ सय बढिले लिए सेवा

Kirci Gyan Kendra

टेकराज भण्डारी:

Samajik New Add 2082

अछामको पञ्चदेवल नगरपालिकामा स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार ७ सय ६२ जनाले सेवा लिएका छन् । आईबारबाट सुरु भएको शिविरमा उक्त सङ्ख्यामा बिरामीले सेवा लिएका हुन् ।

काठमाडौँ मेडिकल कजेलसंगको सहकार्यमा सञ्चालित २ दिने शिविर निःशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसूति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटु रोग, मानसिक तथा नसा रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोगको उपचार निःशुल्क गरिएको छ ।

Saud Agro Kailash

यस्तै शिशिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्युरो सर्जरी, मृगौला रोग, भिडियो एक्स-रे, आँखा परीक्षण तथा उपचार, रगत तथा पिसाब परीक्षण लगायतका सेवा दिइएको शिविरमा सहभागि डाक्टर टिकाराम पौडेलले जानकारी दिएका छन् ।

शिविरमा सेवा लिएका मध्ये १ सय ८२ जना बिरामीको अप्रेशन गर्नुपर्ने भएको छ । उनीहरूलाई अप्रेसनका लागि काठमाडौँ बोलाइएको चिकित्सकको भनाइ छ । शिविरबाट अप्रेसनका लागि छनौटका भएका बिरामीलाई नगरपालिकाले समेत सहयोग गर्ने बताइएको छ ।

नगर प्रमुख अम्बिका चलाउनेका अध्यक्षतामा भएको समापन कार्यक्रममा उनले स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

शिविरमा जटिल खालका बिमारी फेला परे उसको पारिवारिक स्थिति हेरेर नगरपालिकाले काठमाडौँ सम्म पुगाएर शल्यक्रिया समेत निःशुल्क गर्ने बताइएको छ । उक्त शिविर फागुन ९ गते मंगलसेन तथा १० गते कमलबजारमा पनि सञ्चालन हुने छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.