अछामका विद्यालय कर्मचारीको धर्ना कार्यक्रम चौथो दिनसम्म निरन्तर

कमल रावल, जेठ २४ अछाम: 
विद्यालय कर्मचारी परिषदको केन्द्रीय निर्देशन अनुसार अछाम जिल्लाका कर्मचारीले चौथो दिन धर्ना कार्यक्रमलाई निरन्तर जारी राखेका छन । शिक्षा विकास तथा समन्वय ईकाई अछाममा अछाम जिल्ला भरिका विद्यालय कर्मचारीले जेठ २१ गतेदेखि २६ गतेसम्मको धर्ना कार्यक्रम अनुसार धर्नालाई निरन्तरता दिएका हुन ।

Samajik New Add 2082

कर्मचारी परिषदका जिल्ला अध्यक्ष टेक बहादुर बोहरा नेतृत्वको टोलिले धर्ना सहित शिक्षा विकास तथा समन्वय ईकाइ अछामका निमित्त प्रमुख मदन बिष्ट मार्फत जिल्ला भरिका कर्मचारीको माग सहितको माग पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमि भक्तपुरलाई जानकारी पत्र पठाईएको छ ।

आफ्ना माग अनुसार नियमित २६ गतेसम्म धर्ना, त्यसपछि काठमाडौंमा हुने रिले अनसनमा सहभागिता जनाउने अध्यक्ष बोहराले बताए । कर्मचारीका माग सरकारले वेवास्ता गरेको भन्दै २ गतेदेखिको विद्यालय बन्द कार्यक्रम सबै कर्मचारीले प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड दिए ।

अछाम जिल्लाका ५ सय ८८ सामुदायिक विद्यालयका कर्मचारी मध्ये
९३ जना लेखापाल र ४ सय ९५ जना कार्यालय सहयोगी रहेका परिषदका जिल्ला सचिव एकिन्द्र केसीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.