मेल्लेखमा कार्यपालिका सदस्यहरुकाे १ महिनाकाे सेवा सुबिधाबाट निशुल्क स्वास्थ्य शिविर  चलाईने

Purnima Mobile
Samajik Bal biwaha

फागुन ३ मेल्लेख:
अछामको मेल्लेख गाउँपालिकामा सबै कार्यपालिका सदस्य हरुकाे १ महिना बराबरको सेवा सुबिधाबाट ८ वटै वडामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ । जनताकै घरदैलोमा स्वास्थ्य सेवा दिने उदेश्यले मेल्लेख आधारभुत अस्पतालका डाक्टर सहित स्वास्थ्यकर्मीकाे टाेलिद्वारा शिविर संचालन गरिने भएको हाे ।

Mangala Bharna
Saud Agro Kailash

उपचारको लागि टाढा जान नसक्ने बिरामीको लागि प्रत्येक वडामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको मेल्लेख गाउँपालिकाका प्रबक्ता प्रकाश बहादुर अधिकारीले जानकारी दिनुभयाे । सवै कार्यपालिका सदस्यहरुकाे तर्फबाट स्वस्फूर्त रुपमा आफ्नो एक महिना बराबरको सेवासुविधाबाट शिविर चलाउने निर्णय भएको उहाँको भनाइ छ ।

Mellekh RM1

यस्तै बिहीबार बसेकाे गाउँकार्यपालिका बैठकले यहि फागुन १२ गते गाउँ सभा गर्ने निर्णय पनि गरेकाे छ । यसैगरी साँफेबगर नगरपालिका वडा नम्वर १ मा अवस्थित वैद्यना धाममा यहि फागुन १० गते देखि २५ गते सम्म अयाेजना गरिने
काेटिहाेमकाे लागि मेल्लेख गाउँपालिकाकाे तर्फबाट ३ लाख सहयोग गर्ने निर्णय  भएको छ ।

गाउपालिका अध्यक्ष ज्वाला सिं साउदकाे अध्यक्ष्यतामा सम्पन्न भएकाे वैठकमा उपाध्यक्ष नृप बहादुर खड्का लगायत कार्यपालिका सदस्यहरु उपस्थिति रहेकाे थियो । बैठकको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.