सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

यस्तो छ अध्यक्ष र सदस्यको योग्यता

Kirci Gyan Kendra

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ ।

Samajik New Add 2082

शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो ।

इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम अध्यक्ष वा सदस्य पदका लागि अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी सात दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेश गर्न भनिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिला आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ ।

Saud Agro Kailash

अध्यक्ष तथा सदस्य बन्न निश्चित योग्यता समेत तोकिएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ ।

अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ ।

आवेदन परेपछि समितिले योग्य व्यक्तिहरूको सूची तयार पारी अध्ययन गरी सिफारिस गर्नेछ ।

मन्त्रिपरिषद्को कात्तिक २ गतेको बैठकले गत २०८० चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरेको थियो ।

पुनर्गठित समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र छन् । त्यस्तै पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कुमार कार्की, स्टेला तामाङ सिफारिस समितिको सदस्य छन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.