विप्लव नेकपा अछामद्वारा षाेडशा माविका २१ विद्यार्थीलाई न्यानाे लुगा वितरण

Kirci Gyan Kendra

नेपाल कम्युनिस्ट पार्टी अछामले षोडशा देवी माध्यमिक विधालय मंगलसेनमा अध्ययनरत अभिभावक बिहिन तथा दृष्टिबिहिन २१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । पार्टीको ११ औँ पुनर्गठन दिवसको अवसरमा साे कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

विद्यालयमा अध्ययनरत अभिभावक बिहिन १५ जना र दृष्टिबिहिन ६ जना गरि २१ जना बालबालिकालाई प्रति विद्यार्थी १ हजार तीन सय बराबरको जाडाेमा लगाउने न्यानो लुगा सेट बितरण गरिएको जनाईएकाे छ । जिल्ला सचीव निरक सी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथीमा ने क पा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मिना सी रहनुभएकाे थियो । कार्यक्रममा षोडशा मा बि का प्र.अ. बृकेश सिंह बोगटी, अखिल (समाजवादी) का केन्द्रिय सदस्य दिपेन्द्र सी, अखिल (समाजवादी) का केन्द्रिय सदस्य एकेन्द्र सी अतिथि रहनुभएको थियो ।

षाेडशा माविका शिक्षक विद्यार्थीको उपस्तिथि थियो भने कार्यक्रम संचालन ने क पा का जिल्ला समिति सदस्य तपेन्द्र सी ले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.