जाल्पादेवी आधारभूत विद्यालय ढुंगानीकाे ३२ औं वार्षिकोत्सब सम्पन्न

विद्यालयकाे विकासका लागि पहल गर्ने: नगर प्रमुख बाेहरा

Kirci Gyan Kendra

नेत्र साउद, अछाम ६ फागुनः

Samajik New Add 2082

ल्पादेवी आधारभूत विद्यालय मङ्गलसेन नगरपालिका १ काे ३२ औं अभिभावक भेला सम्पन्न भएको छ । बिव्यस अध्यक्ष लाल बहादुर साउदकाे अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिका नगरप्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै उहाले विद्यालयले पछिल्लो समय शैक्षिक स्थिति सुधारमा उल्लेख्य प्रगति गरिरहेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय युवाहरुकाे सक्रियता लाेभलाग्दाे भएको भन्दै नगरपालिकाले विद्यालयकाे वृद्धि विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । विद्यालय भवन, खाजाघर निर्माण र घेरापर्खालका लागि आवश्यक पहल गर्ने उहाँको भनाइ छ ।

Saud Agro Kailash

कार्यक्रमका बिशिस्ट अतिथि मङ्गलसेन नगरपालिका ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक बिर्ख बहादुर बाेगटी र वडानम्वर १ का अध्यक्ष लाेक राज नाथ रहनुभएकाे थियाे ।

कार्यक्रममा कार्यपालिका सदस्य प्रेम भुल, हंश थापा राना, शिक्षा शाखाका प्रास दिपक भण्डारी, नेपाली काङ्ग्रेसका मानसिंह जैगडी, नेकपा एमालेका प्रशान्त राना, माओवादी केन्द्रका कमल थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक साउद, नेकपा एकीकृत समाजबादीका पूर्ण बहादुर राना, नेकपाका एकेन्द्र राज नाथ, सवै बिब्यस अध्यक्षहरुकाे तर्फबाट मालिका आधारभूत विद्यालयका विव्यस अध्यक्ष मिन राज नाथ, मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हाेम बहादुर साउद, कुन्ति माविका प्रधानाध्यापक मदन बहादुर बाेगटी, प्रगतिशील आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्ट, मंगल मिडियाका व्यवस्थापक नेत्र साउद, मालिका सामुदायिक सिकाई केन्द्रका सहजकर्ता निर्मला पाल थापा, सामुदायिक वन समुहको तर्फबाट बिर्ख राना, समाजसेवी युवा हाेम थापा, विद्यार्थी हिमाल थापाले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

विद्यालयका शिक्षक शान्ता साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन प्रधानाध्यापक रेखा नेपालीले गर्नुभएको थियोे । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सास्कृतिक प्रस्तुति समेत राखेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.