
अछाम । मंगल मिडिया नेटवर्क प्रा. लि. अछामद्वारा सञ्चालित mangalkhabar.com काे भोलि ७ गते हुने तेस्रो वार्षिकोत्सव कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।


बिहान १० बजे मंगलसेन स्थित होटल सनसाईन प्लाजाको हलमा हुने बार्षिकोत्सव कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख अतिथि पदम बहादुर बोहरा प्रमुख अतिथि रहने भएका छन ।
कार्यक्रममका लागि जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा, संचारकर्मिलाई पत्राचार सहित खबर गरिसकेको बताईएको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिन २०७८ सालमा सुरु भएको अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सवको अवसरमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत, व्यक्ति सम्मान तथा स्वागत र शुभकामना आदानप्रदान कार्यक्रम रहेको अध्यक्ष होम बहादुर साउँदले बताउनु भयो ।

