शिक्षक महासंघ अछामद्धारा शिविस अछाममा ध्यानाकर्षण तथा जानकारी पत्र

Kirci Gyan Kendra

नेपाल शिक्षक महासंघ जिल्ला समिति अछामले शिक्षा विकास तथा समन्वय एकाइ अछाममा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाएको छ ।

Samajik New Add 2082

मिति २०८१ माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाई अछाममा ज्ञापनपत्र बुझाईएक‍ो हो ।

Saud Agro Kailash

जिल्ला अध्यक्ष युवराज शर्मा र सचिव हर्क बिष्टद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा केन्द्रले थालेको आन्दोलन अघि बढ्‌दै जाँदा आगामी चरणमा अबरोधात्मक, अबज्ञा (बहिष्कार) र काठमाडौं केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरु लिएर अघि बढ्‌ने भनिएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ अछामका प्रमुख अम्बादत्त जोशीलाई बुझाईएको ध्यानाकर्षण तथा ज्ञापनपत्रमा २०७५ २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमती भए पनि कार्यान्वयन नभएको भनिएको छ ।

आगामी दिनमा स्थायी, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका सबै मुद्दाहरु सम्बोधन हुने विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक छ तर विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा रहेको भनिएको छ ।

ध्यानाकर्षण र ज्ञापनपत्र बुझाउने कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय सदस्य नर बहादुर रावल, प्रदेश उपाध्यक्ष मन्जु कुवर, अछामका पुर्व अध्यक्ष जानकी बोहरा लगाएत विभिन्न संगठनमा आबद्ध शिक्षकको सहभागीता रहेको थियोे ।
हेर्नुहोस पूरा ध्यानाकर्षण र ज्ञापनपत्र

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.