बुद्धिजीवी परिषद अछामको ९ औं जिल्ला अधिवेशन सम्पन्न: पुन सोडारीको अध्यक्षतामा नयाँ समिति चयन

Kirci Gyan Kendra

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटीले  अछामका ९१ वडामा समृद्ध वडाका लागि बृद्धिजिवि परिषदले विज्ञ छनोट गर्नुपर्ने बताउनु भयो ।

Samajik New Add 2082

नेपाल बुद्धिजीवी परिषद अछामको ९ औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै वडालाई समृद्ध बनाउने योजना पार्टीले अघि बढाउदै टोल, वडा केन्द्रित अभियान थालेकाले बुद्धिजीवी परिषदले संगठनको  भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

बोगटीले ३ महिने पार्टीको अभियान सफल पार्न बुद्धिजीवी परिषदको महत्त्वपूर्ण योगदान हुने भएकोले सहयोग गर्न आग्रह गर्नु भयो ।

जिल्ला अध्यक्ष भरत सोडारीको अध्यक्षतामा भएकोमा कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले राम्रो कुराको अपनत्व गर्दै गलत कुरालाई चिर्दै संगठन अघि बढनुपर्ने बताउनु भयो ।

Saud Agro Kailash

हरेक बुद्धिजीवी व्यक्ति अवसरमा नलागि समाज परिवर्तनको संवाहक बन्नुपर्नेमा जोड दिनु भयो । हरेक ठाउँमा आफ्नो संगठनलाई बलियो बनाउने अभियानमा एकजुट भएर अघि बढन आग्रह गरे ।

उदघाटन समारोहमा नेकपा एमाले अछाम सचिव भिम बहादुर रावलले जनसंगठन चलाएमान भए पार्टी बलियो हुने बताउनु भयो । हरेक क्रियाकलापमा अग्रसर हुँदै संगठनलाई चलायमान बनाउन सुझाव दिनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य नर बहादुर रावल, नेकपा एमाले प्रदेश स्कुल विभाग सदस्य रत्न प्रसाद ढुंगाना, बुद्धिजीवी परिषद प्रदेश सदस्य मनिराम बुढा, नेकपा एमाले जिल्ला सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारी, जिल्ला सदस्य तथा बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, मंगलसेन नगरपालिका निवर्तमान उपप्रमुख सरिता उपाध्याय, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगरपालिका वडा नम्बर ५ अध्यक्ष झँकर प्रसाद भाट, नेपाल निजामती कर्मचारी संगठन प्रदेश सचिव विष्णुप्रसाद जैसी, जिल्ला बार एशोसियन अध्यक्ष खड्क खड्का, मानव अधिकार एलाईन्सका भरत रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कोषाध्यक्ष भोज बहादुर धामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव जनक बटालाले गर्नु भएको थियो ।
यसैबीच अधिवेशनको बन्दसत्रले पुन भरत सोडारीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा उपाध्यक्ष भोज बहादुर धामी, सचिव जनक कुमार बटाला, उपसचिव कृष्ण  बहादुर ठकुल्ला, उपसचिव भिम बहादुर बोगटी, कोषाध्यक्ष नरेश बहादुर कठायत लगाएतका सदस्य रहेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.