नेराशि संगठन अछामको १३ औं जिल्ला अधिवेशनको उदघाटन सम्पन्न

शैक्षिक आन्दोलन अगुवा नेराशि संगठन होः केन्द्रिय सदस्य रावल

Kirci Gyan Kendra

नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य नर बहादुर रावलले हरेक शैक्षिक परिवर्तनको अगुवाई नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेको बताउनु भएको छ । २०३६ सालमा पंचायतका विरुद्धबाट आन्दोलन सुरुवात गरेको संगठनको अगुवाईमा शैक्षिक क्षेत्रमा थुप्रै परिवर्तन भएको बताउनु भयो ।

Samajik New Add 2082

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामको १३ औं जिल्ला अधिवेशनको उदघाटन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै रावलले अहिले संसदमा बिचारधिन अबस्थामा रहेको शिक्षा ऐन पारित गराउनका लागि सबैले आफ्नो क्षेत्रमा भुमिका खेल्नुपर्नेमा जोड् दिनु भयो ।

यतिबेला देशका दुई ठुला दलले सत्ता सम्हालेकाले जसरी पनि शिक्षा ऐन‌ पारित गराउन शिक्षकका पेशागत संगठनले दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।

जिल्ला समिति अछामका अध्यक्ष सर्पराज रिमालको अध्यक्षतामा भएको कार्यममा प्रमुख बक्ता नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद यज्ञ बहादुर बोगटीले मुलुकको रुपान्तरण गर्ने अग्रिण संगठन शिक्षक संगठन भएको बताउनु भयो ।

Saud Agro Kailash

सामाजिक तथा आर्थिक परिवर्तन भएमात्र शैक्षिक उपलब्धि हासिल हुने भएकाले त्यसतर्फ सबैको जोड् हुनुपर्ने बताए ।

शिक्षकका लागि विभेदकारी शिक्षा ऐन पारित गर्न नहुने तर्फ जोड् दिदै आफ्नै पार्टीको सरकार भएकाले शिक्षक, अभिभावक र विद्यार्थीका जायज माग पुरा हुने गरि शिक्षा शिक्षा ऐन पारित गराउन आफुले आवाज उठाउने बताउनु भयो ।

यतिबेला सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएकोमा राज्य समेत जिम्मेवार भएकाले राज्यले ध्यान दिनुपर्नेमा जोड् दिनु भयो ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसि, मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारी, तुर्माखाद गाउपालिका उपाध्यक्ष बिमला शाही, नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, शिक्षक संगठन प्रदेश उपाध्यक्ष मन्जु कुवर, नेपाल राष्ट्रिय शिक्षक पुर्व केन्द्रीय उपाध्यक्ष तिलक कुवर, प्रदेश उपमहासचिव लोकराज न्यौपाने, पुर्व अध्यक्ष जानकि बोहरा, नेकपा एमाले प्रदेश स्कुल बिभाग सदस्य रत्न प्रसाद ढुंगाना, बुद्धिजीवी परिषद अछामका अध्यक्ष भरत सोडारी, शिक्षक संघ अछामका अध्यक्ष नविन्द्र राज जोशी, नेपाल शिक्षक महासंघ जिल्ला सचिव हर्क बहादुर बिष्ट, नेपाल निजामती कर्मचारी संगठन जिल्ला सचिव हेमन्त कुमार शाही, शिक्षक हित बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष मदन बहादुर बोगटी , प्रेस चौतारी अछामका सचिव कमल रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन पुर्व जिल्ला सचिव हर्कराज शर्मा, सबै पालिकाको तर्फबाट साफेबगर नगरसमिति अध्यक्ष जानकी खड्का कुवर र सम्पुर्ण प्रतिनिधिको तर्फबाट शोडषा देवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बृकेश सिह बोगटीले जिल्ला अधिवेशनको सफलतको शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष गिता ढुगांनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव कृष्ण विकले गर्नु भएको थियो । आगामि ३ बर्षका लागि नयाँ नेतृत्व चयन गरिने भएकाले बन्दसत्र जारी रहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.