विपक्षीलाई संवादमा आउन सभामुख सापकोटाको आग्रह

काठमाण्डौः

आइतबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षीले अग्रभागमा आएर नाराबाजी र विरोध सुरु गरेपछि सभामुख अग्नि सापकोटाले विरोध छाडेर छलफल र संवादमा आउन अपिल गरेका छन्।

Everest Incitute

उनले निरन्तरको नाराबाजी र अवरोधले संसदमा आफ्ना भनाइ राख्न पाउने अन्य सांसदहरुको अधिकार मिचिएको उल्लेख गर्दै आआफ्नो ठाउँमा गएर बस्न विपक्षी सांसदहरुलाई अनुरोध गरेका छन्।

यद्यपि राष्ट्रगानलगत्तै विरोध सुरु गरेका विपक्षी सांसदहरुले सभामुख र सत्तापक्षविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विरोध जारी रहने र संयमित भएर विरोध अगाडि बढाउन आफ्ना सांसदहरुलाई आग्रह गरेका छन्।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.