
मालिका देवी आधारभूत विद्यालय पञ्चदेवल बिनायक ६ मा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा कार्यक्रम गरिएको हाे ।

आधारभूत तहमा बालबालिकाहरुकाे सिकाई स्तर अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जनाईएकाे छ । कार्यक्रममा बाल शिक्षा, बाल विकास, बालशिक्षा सवलिकरण, सिकाई अभिवृद्धि र अभिभावक शिक्षाको महत्वका विषयमा जानकारीमुलक प्रस्तुतिकरण गरिएको थियो ।

विव्यस अध्यक्ष सुरेन्द्र न्यौपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाले शैक्षिक अवस्था सुधार र सिकाई अभिवृद्धिका लागि अभिभावक सक्रिय हुनुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पञ्चदेवल बिनायक नगरपालिका ६ का वडा अध्यक्ष कमल रावल रहनुभएको थियो । मालिका देवी आधारभूत विद्यालयका प्रधानाध्यापक सर्प बहादुर रावल लगायतका अतिथि रहनुभएको कार्यक्रममा शिक्षक चक्र बिष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक अक्कल रावलले गर्नुभएको थियो ।



