विन्ध्यवासिनी मावि माझेठानाका विद्यार्थीहरुलाई लागूपदार्थ दुर्व्यसनी तथा आत्महत्या निरुत्साहन विरुद्ध सचेतीकरण

Kirci Gyan Kendra

नेत्र साउद, १८ फागुन अछामः

Samajik New Add 2082

लागूपदार्थ दुर्व्यसनी तथा आत्महत्या निरुत्साहन विरुद्ध विद्यार्थीहरुलाई सचेतीकरण कार्यक्रम विन्ध्यावासिनी मावि वान्नीगढी जयगढ गाउँपालिका ६ माझेठानामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा बाल अधिकार संरक्षण कार्यक्रम अन्तरगत विद्यार्थिहरुलाई सचेतिकरण गरिएको हो ।

Saud Agro Kailash

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रमको  प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक (डिएसपी)  ईश्वरी प्रसाद भण्डारी रहनुभएको थियो । प्रमुख अतिथि भण्डारीले विद्यार्थिहरुलाई लागूपदार्थ दुर्व्यसनी तथा आत्महत्या निरुत्साहन विरुद्ध प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ठ अतिथिमा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल रहनुभएको थियो । उहाँले कार्यक्रमको औचित्य र महत्वबारे जानकारी गराउँदै सामाजिक विकास कार्यालय अछामले यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । कार्यालयले यो संगै हालसम्म ८ वटा यस्तै खालका कार्यक्रमहरु सञ्चालन गरिसकिएको बताउनुभयो ।

कार्यक्रमका अन्य अतिथिमा जिल्ला प्रशासन कार्यालय अछामका नासु उमेश सिंह विष्ट, विद्यालयका प्रधानाध्यापक नृप बहादुर रावत लगायत रहनुभएको थियो । उक्त विद्यालयका १०० जना विद्यार्थीहरुको सहभागिता रहेको सचेतिकरण कार्यक्रमको सञ्चालन शिक्षक शमशेर बहादुर सिंहले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.