
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछाम महिला विभागकाे सक्रियतामा जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पतालमा बिरामीहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै फलफुल वितरण गरिएको छ ।

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला अस्पताल अछाम र वयलपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको हो ।

जिल्ला अस्पतालमा १६ जना र बयलपाटा अस्पताल ४० जना गरि जम्मा ५६ जना बिरामी तथा सुत्केरीलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको संगठनका जिल्ला उपाध्यक्ष तथा महिला विभाग संयोजक शारदा सिजापतीले बताउनु भयाे ।
फलफुल वितरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य नरबहादुर रावल, सुदूर पश्चिम प्रदेश समिति उपाध्यक्ष मञ्जु कुँवर, जिल्ला समिति अछामका अध्यक्ष कृष्णबहादुर बि.क., निवर्तमान अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि सर्पराज जैसी, प्रदेश केन्द्रीय प्रतिनिधि तथा पुर्व जिल्ला समिति अध्यक्ष जानकी बाेहरा, पुर्व केन्द्रीय उपाध्यक्ष तिलक कुँवर सहित जिल्ला उपाध्यक्ष, काेषाध्यक्ष तथा सहसचिवको सहभागीता रहेको जिल्ला सचिव महेन्द्र बहादुर वयकले जानकारी दिनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अछामले विगत देखि शिक्षक दिवस, नारी दिवस, हरितालिका तीज, शिक्षा दिवस, स्थापना दिवस लगायतका शैक्षिक दिनहरु रचनात्मक तथा सामाजिक सहयाेग कार्यका रुपमा मनाउने गरेकाे छ ।






