
मङ्गलसेन नगरपालिका द्वारा वार्षिक परिक्षाको अनुगमन गरिएको छ । यहि फागुन २५ गतेबाट सुरु भएको कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षाको विभिन्न विद्यालयम गई स्थलगत अनुगमन गरिएको हो ।

नगर उपप्रमुख संगिता कुमारी रावलको नेतृत्वको टोलिले वडा नम्वर १४ स्थित अन्नपूर्ण मावि, वडा नम्वर १२ को पार्वती मावि र वडा नम्वर ११ को सरस्वती आधारभूत विद्यालयमा स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परिक्षालाई आगामी दिनहरुमा थप मर्यादित र शान्तिपूर्ण बनाउन पहल गर्नुपर्ने सुझाव दिईएको छ । अनुगमन टोलिमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत रावल, आन्तरिक लेखापरिक्षक शालिमान साउद, प्रशासन सहायक होम बहादुर साउद र एमआईएस फिल्ड सहायक दिल बहादुर केसीको सहभागिता रहेको थियो ।
परिक्षाको अनुगमन कार्य आगामी दिनहरुमा पनि निरन्तर गरिने जनाईएको छ ।


