
कैलाश बहुमुखी क्याम्पस कालागाउकाे स्ववियु निर्वाचन प्रक्रिया प्रति ३ विद्यार्थी संगठनले आपत्ति जनाएका छन । समाजबादी माेर्चा निकट अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल समाजबादी अछामले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन ।

स्ववियू निर्वाचन कार्यतालिका अनुरुप निवार्चन प्रक्रिया अगाडि बढि रहदा निर्वाचन समिती संयोजकले गैरजिम्मेवारी व्यवहार गर्दै निर्वाचन प्रकियालाई भंग गर्ने काम गरेको हुदा समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले निर्वाचन कार्यलयमा तालावन्दी गरेको र तालाबन्दीकै विचमा अवैधानिक प्यानल घाेषणा गरेको भन्दै खेद प्रकट गरिएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ – “निर्वाचन कार्यालयमा तालाबन्दी हुदाहुदै पनि विद्यार्थी संगठनहरुलाई बैठकमा सहभागि नगराई एकलौटी ढंगबाट निर्वाचन अधिकृतले एमाले निकट अनेरास्ववियुलाइ र काग्रेस निकट नेविसंघ लाई क्याम्पस प्राङगणमा मनोनयन दर्ता गराई अवैधानिक प्यानल धोषणा गरीएको प्रति खेद प्रकट गदछौ । उक्त अवैधानिक प्यानल खारेज गरी पुनः स्ववियु निर्वाचन गर्न निर्वाचन समितीलाई अनुरोध गरीन्छ । अन्याथा यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी सम्बन्धीत निर्वाचन अधिकृतले लिनुपर्ने छ ।”
विज्ञप्तिमा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पंकज साउद, अनेरास्ववियुका ईञ्चार्ज टेक बटाला र अखिल समाजबादीका अध्यक्ष एकेन्द्र सी द्वारा हस्ताक्षर गरेका छन ।
हेर्नुहाेस विज्ञप्ति:


