

पानीमुल आधारभूत विद्यालय मंगलसेन ४ मा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा आधारभूत तहका बालबालिकाहरुकाे सिकाई स्तर अभिवृद्धिका लागि कार्यक्रम गरिएको हो ।
सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्वर बहादुर रावल र मंगलसेन नगरपालिका वडा नम्वर ४ का अध्यक्ष नामसिंह धामीको विशेष उपस्थितिमा कार्यक्रम गरिएको थियो । अभिभावक शिक्षा कार्यक्रममा आधारभूत तहका विद्यार्थीहरुको सिकाईस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको भूमिकाका विषयमा अभिमुखिकरण गराईएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरु र अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


