अछाममा भोलिबाट सुरु हुने एसईई परीक्षाको तयारी पुरा, ५ हजार बढी परीक्षार्थी

Kirci Gyan Kendra

अछाम जिल्लामा भोलि अर्थात विहिबारबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) को सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लाका सम्पुर्ण २६ वटा परीक्षा केन्द्रबाट संचालन हुने परीक्षाको तयारी पुरा भएको हो ।

Samajik New Add 2082

परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित र शान्तपुर्ण वातावरणमा सञ्चालन गर्न सहयोग गरिदिन सबै सरोकारवालालाई शिक्षा विकास तथा समन्वय इकाइ अछामका इकाइ प्रमुख अम्बादत्त जोशीले आग्रह गर्नु भयो ।परिक्षामा सम्मलित सबै विद्यार्थीलाई विना कुनै डर त्रास र उच्च मनोबलका साथ परीक्षामा सहभागि हुन विद्यार्थीलाई सफलताको शुभकामना प्रमुख जोशीले व्यक्त गर्नु भयो ।

अछाममा रहेका २६ वटा परीक्षा केन्द्र अनुसार ढकारी गाउँपालिकामा २, तुर्माखाँद गाउँपालिकामा ३, कमलबजार नगरपालिकामा २, पञ्चदेवल विनायक नगरपालिकामा २, मंगलसेन नगरपालिकामा ६, रामारोशन गाउँपालिकामा २, बान्नीगढी जयगढ गाउँपालिकामा १, साँफेबगर नगरपालिकामा ५, मेल्लेख गाउँपालिकामा २ र चौरपाटी गाउँपालिकामा १ वटा परीक्षा केन्द्र रहेका शिक्षा विकास तथा समन्वय ईकाइ अछामका परीक्षा शाखा प्रमुख तथा सुचना अधिकारी सुरेन्द्र प्रसाद बजगाइले बताउनु भयो ।

Saud Agro Kailash

जिल्लाका २६ वटा परीक्षा केन्द्रबाट छात्र २ हजार ३ सय ७१ र छात्रा २ हजार ६ सय ५८ गरी जम्मा ५ हजार २९ जना परीक्षार्थी परीक्षामा सामेल हुने बजगाइले बताउनु भयो ।

जसअन्तरगत नियमितमा साधारण तर्फ ४ हजार १ सय १९,  प्राविधिकधार तर्फ १ सय ८२ गरी ४ हजार ३ सय १ र ग्रेडबृद्धिमा ७ सय २८ गरी कुल ५ हजार २९ परीक्षार्थी रहेका छन् ।

ग्रेडबृद्धिमा ७२८ मध्ये २०७८ र २०७९ सालको नियमित परीक्षामा सहभागि भई २०८१ सालको ग्रेडबृद्धि परीक्षामा सहभागि हुने २९ जना परीक्षार्थीको परीक्षा केन्द्र श्री षोडशा माध्यमिक विद्यालय (ख) केन्द्र निर्धारण गरिएको छ ।

यस्तै प्राविधिक धार तर्फका ६ वटै विद्यालयका सम्पूर्ण परीक्षार्थीको परीक्षा केन्द्र अछाम बहुमसखी क्याम्पस मंगलसेन अछाममा रहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.